+
+
Shares

विधायन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निजामती सेवा विधेयक सर्वसम्मत पारित गरेको छ।

१७ भदौ, काठमाडौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ ।

मंगलबारको विधायन समिति बैठकले निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको हो

प्रतिनिधिसभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागु हुने प्रावधान पास गरेर पठाएको थियो । यसलाई सदर गरेर जाने निर्णयसँगै निजामती विधेयकमा परेको गाँठो फुकेको छ ।

विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले चालु आर्थिक वर्षमा ५९ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५९ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गर्न समितिका सदस्यलाई आग्रह गरेकी थिइन् ।

तर, विपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरूले प्रतिनिधिसभाको संशोधनमै सहमति गरेर जानुपर्ने अडान राखेपछि सहमति जुटेको थिएन ।

मंगलबारको बैठकमा भने मन्त्री न्यौपाने प्रतिनिधिसभाको प्रतिवेदन सदर गरेर जान तयार भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?