
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक तथा अभिनेता यश कुमारले नयाँ गीत 'हल्का हल्का'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
- फिल्म निर्देशक तुलसी घिमिरेले यशको काम गर्ने तरिकाबाट प्रभावित भएको उल्लेख गर्नुभयो।
- गीतको शब्द रचना तथा संगीत यश कुमारकै रहेको छ र भिडियोमा स्मिता प्रधानसहित मुख्य भूमिका उनीहरूले नै खेलेका छन्।
काठमाडौं । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ’हल्का हल्का’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
आयोजित समारोहमा ‘म्युजिकल फिल्म’ स्क्रिनिङ गरियो । कार्यक्रममा फिल्म निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी थिए ।
निर्देशक घिमिरेले यशको काम गर्ने तरिकाबाट प्रभावित भएको बताए । ‘म पनि धेरै समयपछि नेपाली सिनेमाको निर्देशनमा कमव्याक गर्दैछु । त्यसका लागि पनि मैले आजको कार्यक्रममा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएँ’ उनले भने ।
घिमिरेले गायिका स्मिता प्रधानको प्रशंसा गर्दै भने, ‘गायिका स्मिता दार्जिलिङको कालिम्पोङबाट काठमाडौं आएर गायनमा जमेको देख्दा खुसी लाग्यो । उहाँको भविष्य उज्वल देख्छु ।’
यश कुमारको शब्द रचना तथा संगीत रहेको गीतको एरेन्ज र मिक्सिङ देवेस राईले गरेका हुन् । भिडियामा पनि यश र स्मिताले नै मुख्य भूमिकामा अभिनय गरेका छन् ।
उनीहरुसँगै राजेश घतानी, दीपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय छ । निर्देशन यशले गरेका हुन् ।
हरि हुमागाईंको छायांकन रहेको भिडियोमा विकास धमालाको सम्पादन तथा कलर, मेकअप तुलसा लिम्बुको छ ।
प्रतिक्रिया 4