१८ साउन, काठमाडौं । दुई दिने औपचारिक नेपाल भ्रमणका लागि काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भव्य स्वागत भएको छ । मोदीलार्इ स्वागत गर्न प्रधानमन्त्री सुशील कोइरालाले आफै विमानस्थल पुगेका थिए ।
कोइरालासँगै सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री वामदेव गौतम, प्रकाशमान सिंहसहितका अधिकारीहरुले स्वागत गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा नेपाली सेनाको टुकुडीले १९ तोपको सलामी दिएको थियो भने दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।