
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र निर्माता संघले फिल्म निर्माताबीच सामाजिक संजालमा भइरहेको आरोप-प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- संस्थाले निर्माता र संचारकर्मीलाई संयमित र गम्भीर हुन आग्रह गर्दै विवाद वार्ता र संवादबाट समाधान गर्न भनिएको छ।
- संघले विवादमा सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको र व्यक्तिगत असन्तुष्टिलाई सार्वजनिक विवाद नबनाउन आग्रह गरेको छ।
काठमाडौं । चलचित्र निर्माता संघले फिल्म निर्माताहरूबीच सामाजिक संजालमा भैरहेका आरोप-प्रत्यारोपप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्ति जारी गर्दै संस्थाले संचारकर्मी पनि आलोचना–प्रतिक्रियामा तानिनु चिन्ताको विषय भएको जनाएको छ ।
संस्थाले निर्माता र संचारकर्मीलाई संयमित र गम्भीर हुन आग्रह गरेको छ । वार्ता र संवादको माध्यमबाट विवादको हल गर्न आग्रह गरेको छ ।
‘तपाईंहरूबीचको व्यक्तिगत असन्तुष्टिलाई सार्वजनिक स्तरमा विवादको रुपमा प्रस्तुत गर्नु भनेको चलचित्र उद्योगकै लागि प्रत्युत्पादक हुनु हो’ निर्माता संघले भनेको छ ।
यो विवादमा संघले सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ ।
पछिल्ला केही दिनयता फिल्म निर्माताहरू दीपकराज गिरी, रोहित अधिकारी र सन्तोष सेनबीच सामाजिक संजालमा देखिने गरि गालीगलौज र आरोप-प्रत्यारोप चलिरहेको छ ।
प्रतिक्रिया 4