News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन्।
- महासचिवमा खगेन्द्र लामिछाने र सचिवमा युवराज गिरी निर्वाचित भएका छन्।
- उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई, कोषाध्यक्षमा रामप्रसाद रिजाल सर्वसम्मत निर्वाचित भएका छन्।
काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनमा सुब्बाले अध्यक्षका अर्का प्रत्यासी सुनिलकुमार थापालाई पराजित गरे । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाए ।
महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भए । उनले सोही पदका अर्का प्रत्यासी किरण नेपालीलाई पराजित गरे ।
लामिछानेले १५२ मत पाउँदा नेपालीले १२५ मत पाए ।
सचिवमा युवराज गिरी निर्वाचित भएका छन् । उनले सोही पदका अर्का प्रत्यासी किसान पोखरेललाई हराए ।
गिरीले १५९ मत पाउँदा पोखरेलले ११२ मत पाए ।
सोमबार राजधानीमा आयोजित संघको १९ औं वार्षिक साधारण सभाको क्रममा नयाँ कार्यसमितिको चुनाव आयोजना गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष सुब्बाले एसएस इन्टरटेनमेन्ट प्रालिको प्रतिनिधिको रुपमा चुनाव लडेका थिए ।

उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यमा सर्वसम्मत
उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए ।
९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।
निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।
साधारण सभामा निर्वाचन अधिकृतहरूले सर्वसम्मत भएकाहरूको घोषणा गरेका थिए ।
प्रतिक्रिया 4