+
+
WC Series
पोखरा एभेन्जर्स 2025
101/4 (13.5)
VS
३७ बलमा ६५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

खाद्य उद्योगलाई कच्चापदार्थ अभाव, केराउ-मरिच आयात खुलाउन माग

उद्योगका लागि आवश्यक कच्चापदार्थको परिमाण यकिन गरी केराउ, सुपारी र मरिच आयात गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिफारिस गर्नुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य उद्योगलाई कच्चापदार्थ अभाव हुँदा उद्योगीले केराउ-मरिच आयात खुलाउन माग गरेका छन्।
  • सरकारले औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिच आयात अनुमति दिने कार्यविधि २०७८ अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ।
  • कोभिड महामारीपछि विदेशी मुद्रा सञ्चिति खुम्चिएपछि सरकारले यस्ता वस्तु आयातमा रोक लगाएको थियो।

१८ मंसिर, काठमाडौं । खाद्य उद्योगलाई कच्चापदार्थ अभाव भएसँगै उद्योगीले केराउ-मरिच आयात खुलाउन माग गरेका छन् ।

नेपालमा बिक्री प्रयोजनका लागि यी वस्तु आयातमा रोक लगाइएको छ । सरकारले हरेक वर्ष राजपत्रमा प्रकाशित गर्दै निश्चित कोटा तोकेर औद्योगिक वस्तु आयात खुलाउने गर्छ ।

यस वर्ष यसरी आयात नखुल्दा तस्करी बढेको गुनासो समेत उद्योगीको छ । सरकारले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थका रूपमा सुपारी, केराउ र मरिच पैठारी गर्ने कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यस्ता वस्तु आयात अनुमति दिने गर्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार कोभिड महामारीपछि विदेशी मुद्रा सञ्चिति खुम्चिन थालेसँगै सरकारले यस्ता वस्तु आयातमा रोक लगाएको थियो ।

त्यसयता औद्योगिक प्रयोजनका लागिमात्र परिमाण तोकेर आयात खुला गर्ने गरिन्छ । उद्योगका लागि आवश्यक कच्चापदार्थको परिमाण यकिन गरी केराउ, सुपारी र मरिच आयात गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिफारिस गर्नुपर्छ ।

नेपालमा चाउचाउ, मसला र गुट्खा उद्योगले केराउ, मरिच र सुपारी खपत गर्ने गर्छन् । यसबाहेक पौष्टिक आहार उत्पादन गर्ने कम्पनीको समेत कच्चापदार्थका रूपमा यी वस्तु प्रयोग हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?