+
+
WC Series
पोखरा एभेन्जर्स 2025
96/4 (12.6)
VS
४२ बलमा ७० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेलिब्रिज जडान हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनकोशी नदीको खैरेनीघाटमा भारतले अनुदानमा उपलब्ध गराएको ७० मिटर लम्बाइको बेलिब्रिज जडान सुरु भएको छ।
  • बाढीले क्षति पुर्‍याएको पक्की पुलको स्थानमा सिंगल लेन, २० टन भार वहन क्षमता भएको बेलिब्रिज जडान गर्न लागिएको हो।
  • ऊर्जा मन्त्री कुलमान घिसिङले पुल क्षतिका कारण सडक सम्पर्क टुटेको भन्दै बेलिब्रिज छिटो जडान गर्न निर्देशन दिएका छन्।

१८ मंसिर, काठमाडौं । सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेलिब्रिज (फलामे पुल) जडान सुरु भएको छ ।

गत वर्ष असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्‍याएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो । उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेलिब्रिज जडान हुनेछ । सिंगल लेन पुलको भार वहन क्षमता २० टन रहेको छ ।

विपद्‌बाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले उक्त बेलिब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले अनुदानमा उपलब्ध गराएका १० वटा बेलिब्रिजमध्ये एउटा खैरेनीघाटमा जडान गर्न लागिएको हो ।

बेलिब्रिज खैरेनीघाटसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिकहरू भारतबाट निर्माणस्थलमा पुगिसेकका छन् । बाढीले पुलसम्म पुग्ने सडक क्षति पुर्‍याएको थियो । उक्त स्थलसम्म पुग्ने सडकको ट्रयाक खोलिसकिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार खैरेनीघाट क्षेत्रको स्थलगत निरीक्षण गरी बेलिब्रिज जडानका बारेमा जानकारी लिएका छन् ।

मन्त्री घिसिङले विपद्का कारण पुलमा क्षति पुग्दा रामेछापका सुनापति, खाँडादेवी, दोरम्बा, काभ्रेपलाञ्चोकको चौंरीदेउराली लगायतका क्षेत्रको तराई र काठमाडौंसँगको सडक सम्पर्क टुटेको बताए । यसले आवातजावतमा कठिनाइ भएकाले बेलिब्रिज जडान जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए ।

उनले गत असोजमा त्यस क्षेत्रको भ्रमण गरी उक्त स्थानमा बेलिब्रिज जडानका लागि सडक विभागका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?