
२३ भदौ, काठमाडौं । नेपाल बार एसोसिएसनले सोमबारको जेन-जी युवाहरूको प्रदर्शनमा सुरक्षा निकायहरूले गरेको बल प्रयोग गरेको घटनाको विरोध गरेको छ ।
कैयौंको ज्यान जानुको साथै सयौं घाइते हुने गरी भएको बल प्रयोगमा विरोध गरेको बारले जनताको जीउज्यान संरक्षण गर्ने कामलाई व्यवहारमा उतार्न आग्रह गरेको हो ।
बारले विज्ञप्ति जारी गर्दासम्म १५ जनाको ज्यान गएको छ ।
अत्यधिक बल प्रयोग र कैयौंको ज्यान जाने गरी भएको घटनामा खासै टिप्पणी नगरेको बारले सामाजिक सञ्जालका मामिलामा भने नियन्त्रणमुखी नभई समाधानमुखी उपाय अबलम्बन गर्न आग्रह गरेको छ ।
उसले नियन्त्रणले समाधान नहुने भन्दै सरकार र सेवा प्रदायक दुवै संयमित हुनुपर्ने भनेको छ ।
बारले विज्ञप्तिमा भनेको छ, ‘जनताको जीउज्यानको संरक्षणलाई ब्यवहारत: प्रत्याभूत गर्न सरकार समक्ष नेपाल बार एसोसिएसन माग गर्दछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4