+
+
Shares

काठमाडौंमा हिजो लगाइएको कर्फ्युको समय आज बिहान सकियो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ६:००

२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजोदेखि लगाएको कर्फ्युको समय अवधि आज बिहान ५ बजेबाट सकिएको छ । अहिले सडकमा सवारी साधनहरु फाट्टफुट्ट चलिरहेका छन् । सडक सफाइ गर्ने कर्मचारीहरु खटिएका छन् ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।

प्रहरीसँग झडप सुरु भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो मध्याह्नदेखि लगाएको कर्फ्युको समय बढाउँदै आज बिहान ५ बजेसम्म लम्ब्याएको थियो ।

अपडेट- काठमाडौंको  चक्रपथ क्षेत्रभित्र कर्फ्यु

त्यसपछि पनि कर्फ्यु लम्ब्याइयो कि हटाइयो भन्नेबारे प्रशासन कार्यालयले केही बताएको छैन । प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रवक्ता लगायत कसैले पनि फोन उठाएका छैनन् ।

तर जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले अनलाइनखबरलाई बताएअनुसार आज जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?