
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदर्शनकारीहरूले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी आगजनी गरेका छन्।
- आगजनीका कारण पार्किङमा राखिएका ५ वटा चारपाङ्ग्रे र २ वटा दुई पाङ्ग्रे सवारीसाधन जलेका छन्।
- विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्य क्षति नभएको दाबी गर्नुभएको छ।
२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् ।
विभानस्थलभित्र प्रवेश गरी उनीहरूले मंगलबार आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूको आगजनीका कारण भैरहवा विमानस्थलमा पार्किङ गरी राखिएका ५ वटा चारपाङ्ग्रे र दुई वटा दुई पाङ्ग्रे सवारीसाधन जलेका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रदर्शनीकारीहरूले गरेको आगजनीका कारण पार्किङ गरी राखिएका केही सवारी साधनमा क्षति पुगेको बताए ।
अन्य क्षति भने नभएको उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4