
आगजनीबाट क्षति भएको सिंहदरबार ।
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार जेनजी आन्दोलनका बेला सिंहदरबारभित्र शहरी विकास मन्त्रालय र मातहत ५० सवारीसाधनमा ठूलो भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ।
- मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीले क्षतिको आकलन गर्ने काम भइरहेको जानकारी दिए।
- सिंहदरबारभित्रको क्षतिको पूर्ण विवरण अहिलेसम्म कुनै एक सरकारी निकायले राखेको छैन भने मुख्यसचिव नारायण अर्यालले सचिवहरूसँग बिफ्रिङ लिन थालेका छन्।
२६ भदौ, काठमाडौं । मंगलबार जेनजी आन्दोलनका बेला सिंहदरबारभित्र ठूलो भौतिक क्षति भएको छ । यसमध्ये शहरी विकास मन्त्रालय र मातहत ५० सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ ।
मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीका अनुसार अहिले क्षतिको आकलन गर्ने काम भइरहेको छ ।
प्रारम्भिक अनुमान अनुसार मन्त्रालय परिसरमा रहेका कम्तीमा १० र बाँकी सवारीसाधन मन्त्रालय मातहत विभागहरूका सवारीसाधनमा सोही बराबर क्षति पुगेको हो ।
पूरै सिंहदरबारभित्रको क्षतिको आकलन भने कुनै एक सरकारी निकायले राख्ने गरेको छैन । सोहीकारण अहिलेसम्म के कति क्षति भयो भन्ने निश्चित भइसकेको छैन । उता, मूख्यसचिव एक नारायण अर्यालले सचिवहरूसँग क्षतिबारे बिफ्रिङ लिन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4