+
+
Shares

रामेछापमा आज साँझ ६ बजेसम्म निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते ८:२६

२७ भदौ, काठमाडौं । रामेछापमा शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ  ।

जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार दिनभर निषेधाज्ञा जारी गरेका हुन् ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू भएको निषेधाज्ञाअनुसार जिल्लाभर प्रदर्शन, जुलुस, हुलदंगा, घेराउ वा पाँचजनाभन्दा बढी व्यक्तिहरू भेला भएर विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ ।

यसअघि बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म जिल्लाका केही क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी थापाले प्रशासन कार्यालयबाट जारी सूचनाको पालना गरी शान्ति सुव्यवस्था कायम राखिदिन सबैलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?