+
+
Shares

सैनिकको शिरमा परेवा

अर्चना भुर्तेल अर्चना भुर्तेल
२०८२ भदौ २७ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एक सैनिकको शिरमा परेवा बसेको दृश्य देखेर लेखक चकित भइन् र त्यो शान्तिको प्रतीक ठाने।

यतिबेला धेरैको मन अशान्त र अन्यौलमा छ । अब के होला ? मन मनमा प्रश्न छ । यही बेला म सडक कुकुरलाई खाना खुवाउनका लागि निस्किएकी थिएँ ।

जेन जी आन्दोलनको तेस्रो दिन, सडक सुनसानजस्तै थियो । नेपाली सेना ठाउँ-ठाउँमा तैनाथ थिए । त्यहीबेला मैले एउटा अनौठो र सुन्दर दृश्य देखें । त्यो दृश्य थियो, एक सैनिकको शिरमा परेवा

सैनिक पोशाकमा बन्दुक लिएर उभिएका एक नवजानको शिरमा परेवा बसेको देखेर म चकित भएँ । मन अशान्त भएको यो क्षणमा शान्तिको प्रतीक परेवा । त्यो पनि सैनिकको शिरमा । सैनिक यताउता हिँडिरहेका थिए । तर, परेवा उनकै टाउकोमा यसरी बसेको थियो, मानौं त्यो परेवा उनकै शीरको शोभा हो ।

मैले उनीसँग अनुमति मागेर फोटो खिचें । त्यस क्रममा सैनिकले भनेको कुरा मलाई अझ मर्मस्पशी लाग्यो । उनले भने, ‘सायद कुनै आत्मा हामीलाई शान्ति र सुरक्षा दिन आएका होलान् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?