+
+
Shares

भयमुक्त उद्योग व्यवसाय सञ्चालन वातावरण सुनिश्चित गर्न परिसंघको माग 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग परिसंघले जेनजी आन्दोलनका कारण उद्योग व्यवसायमा भएको आगजनी र तोडफोडपछि भयमुक्त वातावरण सुनिश्चिताको माग गरेको छ।
  • परिसंघले आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
  • आन्दोलनका कारण उद्योग क्षेत्रमा परेको असर र लगानीकर्ता त्रसित भएको भन्दै परिसंघले सुरक्षाको प्रत्याभूती दिन आग्रह गरेको छ।

२७ भदौ, काठमाडौं । नेपाल उद्योग परिसंघले भयमुक्त उद्योग व्यवसाय सञ्चालनको वातावरण सुनिश्चिताको माग गरेको छ । परिसंघले जेनजी आन्दोलनका कारण उद्योग व्यवसायमा समेत आगजनि र तोडफोड गरेपछि सुरक्षाको सुनिश्चिताको माग गरेको हो ।

परिसंघले जेनजी आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षती प्रति दु: ख व्यक्त गरेको छ । त्यसैगरी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि परिसंघले गरेको छ ।

सुशासन, भ्रष्टाचारर निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्ने लगायतका युवा पुस्ताको आकांक्षा लाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास परिसंघले लिएको छ ।

विद्यमान अन्यौलता लाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास परिसंघको छ । यसका लागि आवश्यक सहयोग, सहकार्य एवं समन्वय गर्न परिसंघ प्रतिबद्ध रहेको जनाएको छ ।

आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्ति माथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ । औद्योगिक एवं व्यवसायिक क्षेत्रमा परेको गम्भिर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको छ । लगानीकर्ता त्रसित भइरहने स्थिति भए त्यसको गम्भिर असर रोजगारी सँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने परिसंघले जनाएको छ । निजी क्षेत्रलाई निर्वाद रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूती दिलाउन परिसंघले आग्रह गरेको छ ।

सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुननिर्माणका लागि खर्बौ लगानी आवश्यक पर्ने देखिन्छ । राज्यको स्रोतले मात्रै पुननिर्माण गर्न सक्ने अवस्था छैन । राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भयमुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न परिसंघको आग्रह छ ।

हालको परिस्थितिमा सहज रुपमा उद्योग व्यवसाय संचालन हुन नसकेमा अर्थतन्त्रको चक्रमा नै असर परी समग्र अर्थतर्थन्त्रको विकास एवं सरकारको राजश्व प्रभावित हुन सक्ने भएकाले समयमै उचित वातावरण बनाउन परिसंघ सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गरेको छ । अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनु सबैको कर्तव्य समेत हुन आउँछ । नयाँ पुस्ताले चाहेको आकांक्षलाई मूर्तरूप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउने कार्यमा आजैका दिनदेखि नै गम्भीर प्रयत्नशील बन्नुपर्ने परिसंघको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?