२७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् ।
उनको शपथ सुरु भएको छ ।
राष्ट्रपति भवनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मुख्यसचिव एकनारायण, सरकारी उच्च पदस्थ कर्मचारी, जेनजीका प्रतिनिधिहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू पुगेका छन् ।
साथै नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् ।
शपथअघि नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4