+
+
Shares

हामी नेपालले भन्यो– नेपाली सेनाप्रति ऋणी रहनेछौं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते ९:०९
प्रधानसेनापति अशोकराज सिग्देल

२८ भदौ, काठमाडौं । सरकार ढाल्ने गरी जेनजी युवाहरुको प्रदर्शनको नेतृत्व गरेको हामी नेपाल नामको संस्थाले नेपाली सेनालाई धन्यवाद दिएको छ ।

कठिन समयमा देशको उद्धार गरेको भन्दै हामी नेपालले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई धन्यवाद दिएको हो । सुदन गुरुङ नेतृत्वको हामी नेपालले प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकाको प्रशंसा गर्दै भनेको छ, ‘हामी नेपालीहरु सधैं नेपाली सेनाप्रति ऋणी रहनेछौं ।’

सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा जनधनको क्षति भएपछि नेपाली सेनाले सुरक्षा कमाण्ड हातमा लिएको थियो ।

साथै प्रधानसेनापति सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका छन् ।

हालको संसद विघटन समेत भएको छ र अब ताजा जनादेशका लागि आगामी फागुन २१ गते मध्यावधि निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?