+
+
Shares

कार्की क्याबिनेटमा मन्त्री नबन्ने बताउँदै सुमनाले भनिन्– सत्ता होइन सेवा सोचौं

कार्की नेतृत्वको क्याबिनेटलाई शुभकामना दिँदै उनले भनिन्, ‘अब हामीले सत्ता होइन सेवा सोचौं, कुर्सी होइन कर्म सोचौं…। अब नाम होइन काम गर्नुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते ११:०१
रास्वपाकी नेता एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ

२८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताएकी छन् ।

शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि कतिपयले सुमना पनि यो सरकारमा मन्त्री हुनसक्ने अड्कलबाजी गरेका थिए ।

तर फेसबुक लाइभमा आएर सुमनाले आफूप्रति भ्रम छरिएको बताएकी छन् । उनले भनेकी छन्, ‘भ्रममा कोही पनि नपरिदिनुहोला । म क्याबिनेटमा जान लाछैन ।’

उनले अगाडि भनेकी छन्, ‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन । उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु ।’

युवाहरुको बलिदान संस्कार परिवर्तनका लागि थियो भन्दै उनले त्यो संस्कार परिवर्तनमा केन्द्रित हुनुपर्ने बताइन् । ‘उहाँहरु (युवाहरु)को बलिदान संस्कार परिवर्तनका लागि थियो । त्यो संस्कार परिवर्तनमा हामी लाग्नुपर्छ । त्यसैमा हामीले फोकस गरौं ।’

कार्की नेतृत्वको क्याबिनेटलाई शुभकामना दिँदै उनले भनिन्, ‘अब हामीले सत्ता होइन सेवा सोचौं, कुर्सी होइन कर्म सोचौं…। अब नाम होइन काम गर्नुपर्छ ।’

उनले युवा विद्रोहबाट भएको यो परिवर्तनलाई सफल बनाउन पछाडि बसेर सहयोग गर्ने बताएकी छन् । ‘हामीले हाम्रो यो परिवर्तन सक्सेसफुल बनाउनैपर्छ,’ सुमनाले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?