+
+
Shares

आइतबारबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १७:२१

२८ भदौ, काठमाडौं । आन्दोलनपछि कर्फ्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सरकारी सेवा भोलि आइतबारबाट सुचारु गरिने भएको छ । विद्यालहरू पनि खोल्ने तयारी छ ।

शनिबारबाट स्थिति सामान्यतर्फ गएकाले अब सेवा अघि बढाउन लागिएको हो ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै अब सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सेवा सञ्चालन गर्न सबैलाई निर्देशन दिइसकिएको छ ।

‘क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ’ प्रवक्ता पराजुलीले अनलाइनखबरसँग भने, ‘क्षति नभएका कार्यालयहरूले त सहज रूपमा सञ्जालन गर्न सकिने अवस्था छ ।’

उनका अनुसार सिंहदरबारभित्रका कार्यालयहरू पनि वैकल्पिक व्यस्थापन गरेर काम गरिने छ ।

स्थानीय तह र जिल्ला प्रशासनबाट सबैभन्दा धेरै स्थानीयका सेवाहरू सञ्चालन हुने गरेका छन् । सर्वसाधारणका अत्यावश्यक कामहरू रोकिएका थिए । प्रवक्ता पराजुलीका अनुसार क्षतिग्रस्त कार्यालयहरुको विवरण पनि संकलन गरेर पठाउन भनिएको छ ।

आन्दोलनका कारण केही दिन रोकिएका विद्यालयहरू पनि अब खोल्न तयारी छ । शिक्षा मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव मधुप्रसाद घिमिरेका अनुसार, स्थिति सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरू खोल्ने तयारी छ ।

विद्यालय स्थानीय तहमा अन्तर्गत पर्ने भएकाले सम्बन्धित पालिकाहरूले स्थिति अनुसार विद्यालयलाई जानकारी गराउने छन् ।

उनी भन्छन्, ‘सम्बन्धित स्थानीय तहले अवस्था हेरेर विद्यालयहरू सञ्चालन गर्ने कुरा छ, धेरैजसो ठाँउमा आइतबारदेखि स्कूल खुल्ने तयारी भएको सूचना पाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?