+
+
Shares

दलाई लामाले पठाए प्रधानमन्त्री कार्कीलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १७:५९

२८ भदौ, काठमाडौं । तिब्बती धार्मिक गुरु दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा सुशीला कार्कीलाई बधाई दिएका छन् ।

शनिबार लामाको कार्यालयमार्फत् सार्वजनिक सन्देशमा भनिएको छ, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् ।’

उनले थपेका छन्, ‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु।’

भारतीय समाचार संस्था एएनआईका अनुसार, लामाले कार्कीको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन् ।

‘यी चुनौतीपूर्ण समयहरूमा नेपाली जनताको आशा र आकांक्षाहरू पूरा गर्ने क्रममा तपाईं सफल हुनुहोस् भन्ने कामना गर्दछु । मेरा प्रार्थना र शुभेच्छा तपाईंसँगै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?