
News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी छोडेर नयाँ पार्टी 'नागरिक उन्मुक्ति पार्टी, नेपाल' घोषणा गरेका छन्।
२९ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।
टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।
पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र चौधरीको समूह फरक-फरक थियो ।
अनलाइनखबरसँग कुरा गर्दै चौधरीले आफैंले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि छोडेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4