+
+
Shares

अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयता

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका थिए । शपथपछि राष्ट्रपति कार्यालयले पठाएको पत्रमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो नम्बरमा राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १३:५३

३० भदौ, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले गठन गरेको मन्त्रिपरिषदमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका थिए । शपथपछि राष्ट्रपति कार्यालयले पठाएको पत्रमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो नम्बरमा राखिएको छ ।

यसैगरी दोस्रो वरीयतामा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पुर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई राखिएको छ भने तेस्रो वरीयतामा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री मातहतमा रहनेछन् ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले तीनैजनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।  शपथ लगत्तै तीनजना मन्त्रीले पदभार ग्रहण गरेका छन् ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?