+
+
Shares

गृहमन्त्री अर्याललाई प्रश्न : सिंहदरबारभित्रको संरचना कहिले ठिकठाक हुन्छ ?

राज्यको क्षमता कति छ हेरेर प्राथमिकता तय गरिनेछ । राज्यको बजेट हेरेर तत्काल र दीर्घकालीन रूपमा गर्ने काम तय गरेर सरकार अगाडि बढ्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदभार ग्रहण गर्दै जलेका भवन र सवारीसाधनको तथ्याङ्क संकलन गरी प्राथमिकता निर्धारण गर्ने बताए।
  • अर्यालले सिंहदरबारको संरचना सुधार गर्न अन्य मन्त्रालय र एजेन्सीहरूसँग छलफल गरी नीति तय गर्ने र नागरिकको सहयोग अपेक्षा गरेको बताए।
  • सिंहदरबार लगायत सरकारी कार्यालय र पूर्वाधार नहुँदा सेवा प्रवाह अवरुद्ध भएको र राज्य सञ्चालनमा समस्या आएको उनले स्मरण गराए।

३० भदौ, काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । उनी पदभार ग्रहण गर्न जलेका सवारी साधन र डढेका भवनहरू नियाल्दै सिंहदरबार पुगेका थिए ।

यही २४ भदौमा सिंहदरबार जल्दा गृहमन्त्रालयको भवन पनि जल्यो । त्यसपछि कम क्षति भएको भवनलाई नयाँ गृहमन्त्रालय बनाइएको छ । रेडियो नेपाल पछाडिको भवनमा पुगेर पदभार ग्रहण गरेपछि मन्त्री अर्यालले जेन-जी आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेको बताए ।

‘जलेका भवन, सवारीसाधन नियाल्दै मन्त्रालय आइपुग्नुभयो । अब सिंहदरबार भित्रको संरचना कहिले ठिकठाक हुन्छ ?,’ अनलाइनखबरकर्मीको प्रश्नमा उनले काम गर्दै जाने प्रतिवद्धता जनाए ।

मन्त्री अर्यालका अनुसार सुरुमा तथ्याङ्क संकलन गरिनेछ । त्यसपछि राज्यको क्षमता कति छ, के छ हेरिनेछ । यस आधारमा केलाई पहिलो प्राथमिकतामा राख्ने तय गरिनेछ । राज्यको बजेट हेरेर तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्ने काम तय गरेर सरकार अगाडि बढ्नेछ ।

‘तथ्यांकहरू लिनुपर्छ । राज्यको क्षमता हेर्नुपर्छ । केलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हो रु तत्काल सूचना गर्नुपर्ने विषयहरू के-के हुन् रु राज्यको बजेटको अवस्था के छ हेरेर अगाडि बढिन्छ,’ उनले भने ।

यी गृहमन्त्रालयको विषय मात्रै नभएकाले सरकारले नै थप छलफल गरेर नीति तय गर्ने पनि उनले बताए । अर्यालले भने, ‘यी सबै कुराहरू यो मन्त्रालयको विषय मात्रै होइन । अरू मन्त्रालय र एजेन्सीहरूसँग छलफल गर्नुपर्ने हुन्छ ।’

सिंहदरबार लगायतका संरचनालाई ठिकठाक बनाउन नागरिकको समेत भूमिकाको अपेक्षा गृहमन्त्री अर्यालले राखेका छन् । ‘नागरिककै पनि भूमिका हुन्छ । नागरिकस्तरबाट पनि सहयोग जुटाएर गर्नुपर्ने हुनसक्छ,’ उनी भन्छन्, ‘पुलिस पोस्टहरू नहुँदा हामी नै असुरक्षित भएका छौं ।’

सार्वजनिक संस्था र सरकारी कार्यालयहरू नहुँदा सेवा प्रवाह अवरुद्ध भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘जहाँ सर्वोच्च अदालतै छैन, न्यायपालिका नै छैन भने के राज्य भयो रु जहाँ कार्यपालिकाले कार्य सञ्चालन गर्ने अफिस पनि छैन भने के राज्य भयो ?’

संघीय संसद्को भवनसमेत ध्वस्त भएको उनले स्मरण गरे । राज्य भन्न चाहिने पूर्वाधारहरू बनाउने विषयलाई सरकारले प्राथमिकतामा राख्ने उनको विश्वास रहेको छ ।

राम्रो हुँदा सबैलाई राम्रो हुने भएकाले विवाद कम गरेर अगाडि बढ्नुपर्ने गृहमन्त्री अर्यालले बताए । क्षति भए पनि ऐतिहासिक अवसरसमेत प्राप्त भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?