 
																			३० भदौ, काठमाडौं । रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरिएको छ ।
निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । आयोगले आगामी १७ कात्तिकमा यस क्षेत्रमा उपनिर्वाचन गर्ने गरी तयारी गरिरहेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी २१ फागुनमा नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएकोले उपनिर्वाचन सम्बन्धी बाँकी कार्यक्रमहरू रद्द गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा छ ।
आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचनका सबै कार्यक्रम रद्द गर्ने निर्णय भएको हो ।
हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4