News Summary
Generated by OK AI. Editorially reviewed.- चीनका राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन्।
- राजदूत सोङले चिनियाँ सहयोगको प्रतिबद्धता जनाउँदै मित्रता र सहकार्य प्रगाढ बनाउने सहमति भएको दूतावासले उल्लेख गरेको छ।
- सुशीला कार्कीलाई गत २७ भदाैमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो।
२ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो ।
भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाएका थिए ।
साथै भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ ।
जेनजी आन्दोलनपछि कार्की गत २७ भदाैमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4