News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले जलेका पैसाका नोटहरूको कारोबार नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
 - नगरपालिकाले जलेका नोटबाट कारोबार भएमा कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।
 - भदौ २४ गतेका प्रदर्शनका क्रममा जलेका नोट भेटिएको भिडियो सार्वजनिक भए पनि कांग्रेस सभापति देउवाको सचिवालयले खण्डन गरेको छ।
 
३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले जलेका पैसाका नोटहरूको कारोबार नगर्न आग्रह गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै जलेका नोटहरूबाट कारोबार भए गरेको पाइएमा नगरपालिकाको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा नेता र व्यवसायीका घर तथा प्रतिष्ठानमा भएको आगजनीका क्रममा जलेका नोटहरू भेटिएको भिडियोहरू सार्वजनिक भएका थिए ।
बूढानीलकण्ठमा पनि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि जलेका नोट भेटिएको समाचार तथा भिडियोहरू आएका थिए ।
यद्यपि सभापति देउवाको सचिवालयले ती भिडियोलाई कपोकल्पित र भ्रामक भन्दै खण्डन गरेको छ ।
प्रदर्शनकारीले आन्दोलनको फाइदा उठाउँदै लुटपाट मच्याएको समाचार सार्वजनिक भइरहेका बेला बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई जलेका नोटमा कारोबार नगर्न आग्रह गरेको छ ।

                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4