+
+
Shares

देशका कुन-कुन राजमार्ग अवरुद्ध ? (सूचीसहित)

सडक अवरुद्ध भएपछि यात्रामा रहेका यात्रुहरू अलपत्र बनेका छन् ।  नेपालीहरूको मुख्य चाड दशैंको पूर्वसन्ध्यामा राजमार्गमा अवरोध भएपछि यसबारे चासो बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते १२:४०

४ असोज, काठमाडौं । देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।

कोशी राजमार्ग, सिद्धिचरण लोकमार्ग, गल्छि–त्रिशूली सडक, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग, रत्न राजमार्ग, मध्यपहाडी लोकमार्ग लगायतका सडकका विभिन्न क्षेत्रमा सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएपछि यात्रामा रहेका यात्रुहरू अलपत्र बनेका छन् ।  नेपालीहरूको मुख्य चाड दशैंको पूर्वसन्ध्यामा राजमार्गमा अवरोध भएपछि यसबारे चासो बढेको छ ।

शनिबार दिउँसो सिंहदरबारस्थित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक पनि बसेको छ ।

भौतिकसहित ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङको नेतृत्वमा भएको आकस्मिक बैठकमा सडक खुलाउनेबारे छलफल भइरहेको छ ।

सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुर र सुरक्षा अधिकारीहरूले सडकखण्डका बारेमा मन्त्री कुलमान घिसिङलाई जानकारी पनि गराएका छन् ।

शुक्रबार रातिदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ । यात्रुहरु रातिदेखि नै अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?