+
+
Shares

‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते २०:२४

४ असोज, बेइजिङ । नेपाल र चीनबीच कुटनीतिक सम्बन्धको ७० वर्षको आयाम र उपलब्धीबारे प्रकाशित पुस्तक ‘सुमधुर सम्बन्धका ७० साल’ को विमोचन भएको छ ।

शनिबार बेइजिङमा रहेको नेपाली दूतावासमा आयोजित कार्यक्रममा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र नेपालका पत्रकार किशोर श्रेष्ठले उक्त पुस्तकको संयुक्त विमोचन गरेका हुन् ।

नेपाल चीन मिडिया फोरमले प्रकाशन गरेको पुस्तकमा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध सुरू भएयताका बिभिन्न कालखण्डका घटनाक्रम र उपलब्धीहरूबारे लिपिवद्ध गरिएको छ ।

पुस्तकमा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध, शीतयुद्धकालीन सम्बन्धका श्रृंखला, नेपाल चीन आधुनिक आर्थिक सम्बन्धबारे उल्लेख छ ।

नेपाली र चिनियाँ दुवै भाषामा प्रकाशित पुस्तकका बारेमा बोल्दै चीनका लागि नेपाली राजदूत ओलीले पुस्तकले दुईदेशबीचको सम्बन्ध स्थापनापछिका महत्वपूर्ण चरणहरूबारे सिलसिलेबार रूपमा उल्लेख गरेर इतिहासलाई जीवन्त राखेको बताए ।

पुस्तकबारे चीनका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूले पनि आ–आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?