+
+
Shares

हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १०:४५

६ असोज, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज ७०० रुपैयाँ बढेको छ ।

आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?