+
+
Shares

यो वर्ष संस्थागत विद्यालयका २० हजार बढी विद्यार्थीले छात्रवृत्ति पाए : बालेन 

यो वर्ष १-१० कक्षासम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कुल २० हजार २८२  जना विद्यार्थीले करिब २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति पाएको मेयर साहले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १७:०८
फाइल तस्वीर

६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यो वर्ष संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति पाएको बताएका छन् ।

सोमबार मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजारभन्दा धेरै विद्यार्थीले स्कुलरसिप पाएका छन ।’

कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएको उनले जानकारी गराएका छन् ।

यो वर्ष भने १-१० कक्षासम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कुल २० हजार २८२  जना विद्यार्थीले करिब २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति पाएको मेयर साहले बताएका छन् ।

मेयर साहका अनुसार शैक्षिक सत्र २०८२ मा विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ । जसअनुसार १६ हजार ९८०  जनाले छात्रवृति पाएका हुन् ।

केही विद्यालयले हालसम्म विवरण नबुझाएको भन्दै मेयर साहले त्यस्ता  विद्यालयलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध समेत गरेका छन् ।

विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझेर काठमाडौँ महानगरपालिकाको शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने चेतावनी समेत मेयर साहले दिएका छन् ।

उनले अगाडि लेखेका छन्, ‘प्राप्त भएको विवरणमाथि अनुगमन गर्ने छौं । फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ । कानुन निर्माणको महत्त्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।’

कक्षा ११ को छात्रवृति केन्द्रिकृत प्रणालीबाट र कक्षा १-१० का लागि ऐनको दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट विद्यालय व्यवस्थापन समितिले वितरण गरे अनुसार प्राप्त विवरण भएको मेयर साहले बताएका छन् ।

सबै विवरण कानुनअनुसार वेबसाइटमा सार्वजनिक गरिएको मेयर साहले भनेका छन् । केही अस्वाभाविक भएमा महानगर शिक्षा विभागमा सम्पर्क गर्नु समेत उनले आग्रह गरेका छन् ।

कानुनी राज्यको अनुभूति गराउनु आफूहरूको प्रमुख उद्देश्य भएको मेयर साहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?