+
+
Shares
गजल :

गुलाम अलीको तीन पुस्ताको आवाज समेटिएको नेपाली गजल सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १६:३३
३ चैत, २०८१ मा ललितपुरमा प्रस्तुति दिने क्रममा गुलाम अली ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रख्यात गजलकार गुलाम अली खानको तीन पुस्ता छोरा आमीर गुलाम र नाती नाजीर आमिर गुलामको स्वर समावेश नेपाली गजल ‘गजल उनकै गीत उनकै’ सार्वजनिक गरिएको छ।
  • गीत मनोज खड्काको शब्द, मिलन मोक्तानको संगीत र किरण खरेलको एरेन्जमा तयार गरिएको छ र भिडियोमा दीपक घिमिरे र बर्षा कुवँर अभिनय गरेका छन्।
  • गजलको भिडियो मिलन मोक्तानको निर्देशनमा तयार भएको छ र सुवास लोकेन्द्रले छायांकन तथा अर्जुन खड्काले सम्पादन गरेका छन्।

काठमाडौंँ । प्रख्यात गजलकार गुलाम अली खानको तीन पुस्ता छोरा आमीर गुलाम र नाती नाजीर आमिर गुलामको स्वर समावेश नेपाली गजल ‘गजल उनकै गीत उनकै’ सार्वजनिक गरिएको छ ।

आयोजित कार्यक्रममा गीत भिडियोसहित सार्वजनिक गरिएको हो । मनोज खड्काको शब्द रहेको गीतमा संगीत मिलन मोक्तानले दिएका छन् । एरेन्ज किरण खरेलले गरेका हुन् ।

गीतमा मोडल दीपक घिमिरे र बर्षा कुवँर (मिसेस ब्युटि क्वीन नेपाल २०२५’को अभिनय छ ।

केही अगाडि एक सांगीतिक कार्यक्रममा नेपाल आएका गुलाम अलीले केही गीत दिएका थिए । उनले दिएको अघिल्लो गजल ‘उनको एक मुस्कान काफी’ २०८१ चैत ५ गते नै रिलिज भैसकेको छ ।

दोस्रो गीत मंगलबार सार्वजनिक गरिएको हो । नयाँ गजल ‘गजल उनकै गीत उनकै’ले व्यक्तिले कुनै विषयमा आफ्नो मनमा उब्जिएको भाव व्यक्त गरेको छ । भिडियोमा पनि त्यस्तै कथा बुनिएको छ ।

मोक्तानकै निर्देशन रहेको भिडियोमा सुवास लोकेन्द्रको छायांकन र अर्जुन खड्काको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?