+
+
Shares

मतदान गर्न पाउने उमेर : १६ कि १८ वर्ष ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले १६ वर्ष पुगेकाहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने, तर १८ वर्ष पूरा भएपछि मात्रै मतदान गर्ने व्यवस्था रहेको सूचित गरेको छ।
  • निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले २० फागुनसम्म १८ वर्ष पूरा भएकाहरूले मात्र मतदान गर्न पाउने बताए।
  • १८ वर्ष नपुगेका तर नाम दर्ता भएका व्यक्तिहरूको नाम अभिलेख प्रणालीमा रहने तर मतदाता नामावलीमा नहुने आयोगले खुलाएको छ।

९ असोज, काठमाडाैं । नेपालको संविधान र कानुनहरूमा १८ वर्ष पूरा भएको नागरिकले मतदानमा भाग लिन पाउने व्यवस्था छ ।

तर निर्वाचन आयोगले बिहीबार जारी गरेको सूचनामा १६ वर्ष पुगेकाहरूले पनि मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने भनी सूचना निकाल्यो ।

कानुनमा भएको व्यवस्थासँग फरक हुने गरी निर्वाचन आयोगले किन दुई वर्ष घटायो ?निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले १६ वर्ष पुगेकाहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने, तर १८ वर्ष पूरा भएपछि मात्रै मतदानको अधिकार हुने बताए ।

‘पहिले पनि १६ वर्ष पुरा भएकाहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउथे, तर १८ वर्ष नपुगी भोट हाल्न मिल्दैनथ्यो,’ उनले भने, ‘२० फागुनसम्म १८ वर्ष पुरा भएकाहरूले मात्रै मतदान गर्न पाउने हुन् ।’

१८ वर्ष नपुगेका तर नाम दर्ता भएकाहरूको नाम अभिलेख प्रणालीमा रहने तर मतदाना नामावलीमा नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?