+
+
Shares

४ डीआईजी एआईजी बढुवाका लागि सिफारिस

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले चार डीआईजीलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको छ।
  • डीआईजी सुशीलसिंह राठौरलाई प्रधान कार्यालय प्रशासन विभागमा सिफारिस गरिएको छ।
  • उमाप्रसाद चतुरवेदी मधेश प्रहरी कार्यालय जनकपुरधाम, हिमालयकुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा र डम्बरबहादुर विक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा सिफारिस भएका छन्।

१२ असोज, काठमाडौं। नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो।

राठौरलाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा सिफारिस गरिएको छ। चतुरवेदीलाई मधेश प्रहरी कार्यालय, जनकपुरधाम, श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल तथा विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा दरबन्दी सिफारिस गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?