+
+
Shares

काठमाडौंको काष्ठमण्डप नजिकैका घरमा आगलागी

सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीको टोलीले दमकलको सहायतामा आगो निभाउने प्रयास गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते ५:५८

१३ असोज, काठमाडौं । काठमाडौंको काष्ठमण्डप नजिकैका घरहरुमा आगलागी भएको छ । आज बिहानपख ३ बजेदेखि आगलागी सुरु भएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।

दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।

आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन् । तर आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?