
News Summary
Generated by OK AI. Editorially reviewed.- कतार एयरवेजले मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’लाई आफ्नो ‘वर्ल्ड सिनेमा’ खण्डमा उडानमा देखाउने भएको छ।
- निर्देशक भामले यो जानकारी दिँदै खुसी व्यक्त गर्नुभयो र फिल्म बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो।
- कतार एयरवेजले हलिउड, बलिउड, विश्व सिनेमा र अरबिक फिल्महरू उडानमा स्क्रिनिङ गर्दै आएको छ।
काठमाडौं । मीनबहादुर भाम निर्देशित विश्वचर्चित फिल्म ‘साम्बाला’लाई अब कतार एयरवेजका यात्रुले उडानमा हेर्न पाउने भएका छन् ।
यो फिल्म एयरवेजको ‘वर्ल्ड सिनेमा’ खण्डमा हेर्न सकिने जनाइएको छ ।
निर्देशक भामले यसबारे जानकारी दिँदै खुसी व्यक्त गरे । थिन्ले ल्हामो, सोनम तोप्देन स्टारर यो फिल्म प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो ।
कतार एयरवेजले हलिउड, बलिउड, विश्व सिनेमा र अरबिक फिल्म खण्डमा फिल्म स्क्रिनिङ गर्दै आएको छ ।
दुईवर्षअघि हलमा रिलिज भएको यो फिल्मले विश्वब्यापी चर्चा पाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4