
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक दुर्गेश थापाले अक्टोबरदेखि नोभेम्बरसम्म अमेरिकाका १२ सहरमा सांगीतिक प्रस्तुति दिने तय भएको छ।
- उनले टेक्सासको अस्टिन, न्यूयोर्क, पिट्सबर्ग, मनासास, बाल्टिमोर, कोलम्बस, डेनभर, एटलान्टा, सनफ्रान्सिस्को, लस एन्जलस, र डालसमा प्रस्तुति दिनेछन्।
- दुर्गेशले केही दिनअघि अमेरिकाको भिसा पाएका छन् र उनको अमेरिका टूर पाण्डे होम्स, एकेबी कम्पनी र आरएनआर ग्रुप्सले आयोजना गर्नेछन्।
काठमाडौं । आफ्नो बहुचर्चित अस्ट्रेलिया, कतार र बेलायतको सांगीतिक भ्रमणपछि गायक दुर्गेश थापा अब अमेरिकामा गुञ्जिने भएका छन् ।
अक्टोबरदेखि नोभेम्बरसम्म उनले १२ अमेरिकी सहरमा प्रस्तुति दिने तय भएको छ । केही दिनअघि उनले अमेरिकाको भिसा पाएका छन् ।
दुर्गेशले टेक्सासको अस्टिन, न्यूयोर्क, पेन्सिलभेनियाको पिट्सबर्ग, भर्जिनियाको मनासास, मेरिल्याण्डको बाल्टिमोर, कोलम्बसको ओहायो, कोलोराडोको डेनभर, जर्जियाको एटलान्टा, क्यालिफोर्नियाको सनफ्रान्सिस्को, क्यालिफोर्नियाको लस एन्जलस, टेक्सासको डालसमा प्रस्तुति दिने तय भएको छ ।
दुर्गेशको अमेरिका टूरको आयोजना पाण्डे होम्स, एकेबी कम्पनी र आरएनआर ग्रुप्सले गर्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4