+
+
Shares

घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

हुम्लामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लामा घाँस काट्ने क्रममा भीरबाट लडेर २४ वर्षीया धिक्क फडेराको मृत्यु भएको छ।
  • धिक्क फडेरा मंगलबार बेलुकी श्रीमान् अमृत फडेरासँगै धैनसैनमा घाँस काट्न गएकी थिइन्।
  • श्रीमान् अमृत गोरु लगाउन गएपछि उनी चिप्लिएर भीरबाट खसेकी र बाटोमै मृत्यु भएकी हुन्।

१५ असोज, काठमाडौं। हुम्लामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सर्केगाड गाउँपालिका–२ उनापानीकी २४ वर्षीया धिक्क फडेराको मृत्यु भएको हो।

उनी मंगलबार बेलुकी श्रीमान् अमृत फडेरासँगै गाउँनजिकै धैनसैन भन्ने ठाउँमा घाँस काट्न गएकी थिइन्। श्रीमान् गोरु लगाउन केही टाढा गएका बेला उनी चिप्लिएर भीरबाट खसेकी हुन्।

लडेर गम्भीर घाइते भएकी धिक्कलाई श्रीमान् अमृतले घटनास्थलबाट बोकेर घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?