+
+
Shares

कार्यकर्ताहरुलाई विपद् जोखिमविरुद्ध जुट्न प्रचण्डको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ११:४५

१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै नेता/कार्यकर्ताहरुलाई विपद् जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देश गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो निर्देशन जारी गरेका हुन् ।

मौसम विभागको चेतावनीअनुसार देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम रहेको उल्लेख गर्दै उनले जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गरेका छन् । तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपद् प्रतिकार्यमा सक्रिय हुन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘हाम्रो पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?