+
+
Shares

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा वीरगञ्जमा

पछिल्लो २४ घण्टामा वीरगञ्जमा ११७ मिलिमिटर वर्षा मापन भएको छ । पर्साकै मुडली, रंगपुर टाँडीबजारमा पनि ठूलो पानी परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको वीरगञ्जमा पछिल्लो २४ घण्टामा ११७ मिलिमिटर वर्षा मापन भएको छ।
  • मधेश प्रदेशका ४० जिल्लामा बाढीको उच्च जोखिम छ र काठमाडौं उपत्यका समेत अति उच्च जोखिममा परेको छ।
  • मौसमविदले असोज २० गतेसम्म भारी वर्षाका कारण उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।

१८ असोज, काठमाडौं। मधेश प्रदेशका अधिकांश स्थानमा भारी वर्षा मापन भएको छ । सबैभन्दा धेरै वर्षा पर्साको वीरगञ्जमा मापन भएको छ ।

पछिल्लो २४ घण्टामा वीरगञ्जमा ११७ मिलिमिटर वर्षा मापन भएको छ । पर्साकै मुडली, रंगपुर टाँडीबजारमा पनि ठूलो पानी परेको छ ।

यसैगरी बाराको कलैयामा १०५.८, रौतहटको गौरमा १०४.६, रौतहटकै महेशपुरमा १०१.४ र गरुडामा ८९.६ मिलिमिटर वर्षा भएको छ ।

मधेश प्रदेश अन्तर्गत कैलालीको गर्भा दरबार केन्द्रमा ८६ मिलिमिटर वर्षा भएको छ ।

बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ । कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम छ । उच्च जोखिममा काठमाडौं उपत्यका समेत परेको छ ।

अहिले वर्षाको दर विस्तारै बढ्दै गएको छ र यो क्रम राति अझै बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बाढीको अति उच्च जोखिम छ ।

यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुलाई पनि अति उच्च जोसिखमको सूचीमा राखिएको छ ।

साथै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ पनि बाढीको उच्च जोखिममा छन् ।

यसैगरी गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरु उच्च जोखिममा छन् ।

कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियामा मध्यम जोखिमको सूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?