+
+
Shares

सप्तकोशीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गर्‍यो, ३ जिल्लामा जोखिम

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते ९:०९
सप्तकोशी नदीको बाढी । फाइल फोटो

१९ असोज, काठमाडौं । सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ । सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहन्छ ।

सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायमै छ ।

यससँगै उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेर मास एसएमएस पठाइएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार सुनसरी, मोरङ र झापा भएर बग्ने साना नदीहरु तथा झापाको कन्काई नदीको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ ।

बाढी पूर्वानुमान शाखाका प्रमुख पराजुलीका अनुसार सप्तकोशी नदीको बाढीको सतह खतराको तह आज बेलुकीसम्म नै रहने पूर्वानुमान छ । भोलि बिहानसम्म सतर्कताको तहभन्दा माथि नै रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?