+
+
Shares

पूर्वसूचना र बुझाइमा एकरुपताले विपद्सँग लड्न सफल भयौं : महानिर्देशक जोशी

महानिर्देशक कमलराम जोशीले पूर्वानुमान एक पटक मिल्यो भन्दैमा हौसिनुपर्ने र मिलेन भन्दैमा निराश हुनुपर्ने कारण नरहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचना र समन्वयात्मक एकद्वार प्रणालीबाट विपद् प्रतिकार्यमा सफलता मिलेको बताए।
  • जोशीले यस वर्ष मनसुनको अन्त्यतिर विपद्को सामना गर्दा विगतको तुलनामा कम जनधनको क्षति भएको निष्कर्ष सुनाए।
  • उनले १८, १९ र २० असोजका लागि पूर्वसूचना समयमै जारी भएकाले ठूलो क्षति हुन नपाएको उल्लेख गर्नुभयो।

१९ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचना, बुझाइमा एकरुपता र समन्वयात्मक रूपमा एकद्वार प्रणालीबाट काम गरेकाले विपद् प्रतिकार्यमा सफलता मिलेको बताएका छन् ।

मौसमजन्य विपद्को पछिल्लो अवस्थाबारे न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै जोशीले यस वर्ष मनसुनको अन्त्यतिर विपद्को सामना गर्नुपरे पनि विगतको तुलनामा कम जनधनको क्षति भएको निष्कर्ष सुनाएका हुन् ।

‘यस वर्ष मनसुनको अन्त्यतिर आएर जल तथा मौसम विपद्को हामीले सामना गर्नुपरेको छ’ उनले भने, ‘जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान, पूर्वसूचनाको बुझाइमा एकरुपता र समन्वयात्मक रूपमा एकद्वार प्रणालीबाट काम गर्नसक्दा विगतको तुलनामा यस्ता प्रकारका घटना भन्दा जनधनको क्षति कम भएको अनुमान छ ।’

जोशीले सबै तथ्याङ्क आउन बाँकी भए पनि समग्रमा विपद्सँग लड्न सफल भएको निष्कर्ष सुनाए ।

‘२७ अक्टोबरमै १८,१९ र २० गते यस्तो हुन्छ भनेर पूर्वानुमान र पूर्वसूचना विभागबाट जारी भइसकेको थियो’ उनले भने, ‘समयमै सूचना पुर्‍याउन सकेको कारणले गर्दा ठूलो क्षति भएन । यस वर्ष हामी यस वर्षको विपद्सँग लड्न सफल भयौँ ।’

उनले पूर्वानुमान एक पटक मिल्यो भन्दैमा हौसिनुपर्ने र मिलेन भन्दैमा निराश हुनुपर्ने कारण नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?