
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक आशिष अविरलले भर्जिनियामा आयोजना भएको ‘डिटी फेस्ट भर्जिनिया २०२५’मा प्रस्तुति दिन अस्वीकार गरेका छन्।
- अविरलले दर्शक नआउँदा वार्मअपमा गाउन दबाब दिइएको र यसलाई अपमानको रुपमा लिएका छन्।
- उनले फेसबुकमा लेखेका छन्, 'मान्छेले त तपाईंले जुटाउने हो' भन्ने आयोजकको दबाबमा उनी असहमत छन्।
मेरिल्याण्ड (अमेरिका) । सांगीतिक प्रस्तुतिका लागि कार्यक्रममा पुगेका गायक तथा संगीतकार आशिष अविरलले आफ्नो अपमान भएको बताउँदै प्रस्तुति दिन अस्वीकार गरेका छन् ।
यो घटना भर्जिनियामा शनिबार भएको हो, जहाँ उनलाई प्रस्तुति दिन भनिएको थियो । थ्रीई इन्टरटेनमेन्टले आयोजना गरेको ‘डिटी फेस्ट भर्जिनिया २०२५’मा उनले प्रस्तुति दिएनन् ।
‘मान्छे भेला नहुँदै मलाई वार्मअपको लागि गाउन भनियो । दर्शक नआइसकेको कार्यक्रममा गाउँदा अन्यथा अर्थ पनि लाग्न सक्छ । यो एक किसिमले अपमान पनि हो’ उनले भने ।
अविरलले यसको जानकारी फेसबुकबाट पनि गराएका छन् । उनका अनुसार अस्मिता अधिकारीसँग मिलेर उनले मञ्चमा प्रस्तुति दिने तालिका थियो । अस्मिता नगएपछि एक्लै पुगेका अविरललाई आयोजकले एक्लै गाउन दबाब दिएको उनी बताउँछन् ।
कार्यक्रममा महेश काफ्ले, नितेशजंग कुवँरले पनि प्रस्तुति दिएका थिए ।
‘आयोजकबाट दर्शक नजुट्दै स्टेज चढ्न दबाब दिइयो र भनियो- मान्छेले त तपाईंले जुटाउने हो । जसमा मेरो घोर आपत्ति छ’ उनले फेसबुकमा लेखेका छन् ।
प्रतिक्रिया 4