+
+
Shares

पाटनको ठेँचोमा देखाइयो नवदुर्गा नाँच, सकियो दशैं (तस्वीरहरू)

यो नाँच हरेक वर्ष अष्टमी र विजया दशमीमा देखाइन्छ कोजाग्रत पूर्णिमाको दिन पाटनमा देखाइएको थियो । यो नाँच सम्पन्न भएसँगै यस क्षेत्रमा दशैं पर्व पनि सकिएको मानिन्छ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असोज २१ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटनको ऐतिहासिक मूलचोकमा अष्टमी र विजया दशमीमा ठेँचो नवदुर्गा नाँच प्रदर्शन गरिएको छ।
  • ठेँचो नवदुर्गा नाँच मल्लकालअघि देखि देखाइँदै आएको स्थानीय भक्तलाल मालीले बताए।
  • ११ नर्तकहरूले परम्परागत मुखुण्डोमा भैरवदेखि इंद्रायणीसम्मका देवताहरूको नृत्य प्रस्तुत गर्छन्।

२१ असोज, काठमाडौं। पाटनको ऐतिहासिक मूलचोकमा ठेँचो नवदुर्गा नाँच देखाइएको छ। यो नाँच हरेक वर्ष अष्टमी र विजया दशमीमा देखाइन्छ कोजाग्रत पूर्णिमाको दिन पाटनमा देखाइएको थियो । यो नाँच सम्पन्न भएसँगै यस क्षेत्रमा दशैं पर्व पनि सकिएको मानिन्छ।

हिन्दु धर्मको देवता शिवलाई खुशी मनाउन उक्त नाच देखाइने प्रचलन रहेको स्थानीय बुढापाकाहरु बताउँछन् । यो नाच मल्लकालभन्दा अगाडिदेखि देखाउँदै आएको ठेँचोका भक्तलाल मालीले जानकारी दिए ।

ठेँचोस्थित देवीको घरबाट सुरु भएको यस धार्मिक यात्रामा सहभागी देवगणहरूले परम्परागत पोसाक र मुखुण्डोमा सजिएर मुख्य देवी (मु द्यः), अन्य मुखुण्डोहरू, पोसाक, गहना र खर्पन बोकेर ऐतिहासिक मूलचोकसम्म ल्याएका थिए।

यो नाँच एक पटक दशैंको अवसरमा र अर्को पटक योमरी पुन्हीको अवसरमा प्रदर्शन गर्ने गरिन्छ। उक्त नृत्य गर्ने समूहमा जम्मा ११ नर्तकहरू हुन्छन्।

उनीहरूले भैरव, सीमा, धुम्बा, गणेश, बराही, चामुण्डा, भ्रामायनी, महेश्वरी, वैष्णवी, कुमारी र इंद्रायणीको मुखौटा सजिएर नृत्य प्रस्तुत गर्छन्।

हेर्नुहोस् थप तस्वीरहरू : 

 

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?