
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ।
- प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले सबै क्लस्टर लिड्स र को–लिड्सलाई दोहोरो नपर्ने गरी राहत क्रियाकलाप केन्द्रित गर्न आग्रह गरे।
- सरकारले विपद् व्यवस्थापनका लागि ११ वटा क्लस्टर बनाइ लिड र को–लिड तोकेर समन्वय बैठक गरी राहत व्यवस्थापनमा समन्वय गरिरहेको छ।
२२ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ ।
आज सिंहदरबारमा बसेको ‘क्लस्टर र को–लिड्स’मा रहेका विभिन्न निकायसँग समन्वय बैठकमा प्राधिकरणले उक्त अनुरोध गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले अन्तरनिकाय समन्वय गरी विपद्बाट बढी प्रभावित जिल्लामा दोहोरो नपर्नेगरी एकद्वार प्रणालीमार्फत आफ्ना राहत क्रियाकलाप केन्द्रित गर्न सबै ‘लिड्स’ र ‘को–लिड्स’ निकायलाई आग्रह गरे ।
सरकारले यसरी विपद् व्यवस्थापनमा समन्वय गर्ने ११ वटा क्लस्टर बनाइ त्यसको लिड र कोलिड तोकेर जिम्मेवारी बाँडेको छ ।
असोज १७ देखि २० गतेसम्म परेको वर्षाका कारण उत्पन्न विपद्बाट जनधनको बढी क्षति भएका जिल्लामा राहत व्यवस्थापनलगायत विषयमा आज ‘क्लस्टर लिड्स’ रहेका सङ्घीय मन्त्रालय र प्राधिकरणको सभाहलमा बैठक बसेको हो ।
बैठकमा ११ वटै क्लस्टरका ‘लिड्स’ र ‘को–लिड्स’ले राहत व्यवस्थापनका लागि आआफ्नो निकायको सामथ्र्य एवं विपद् प्रभावित क्षेत्रमा ती निकायबाट भइरहेका राहतका कामका बारेमा जानकारी गराएका थिए ।
उक्त क्लस्टरले विपद्को पूर्वतयारीदेखि प्रारम्भिक पुनःलाभसम्मका लागि काम गर्नेछन् ।
जसमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, ‘क्याम्प’ समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुनःलाभ र आपतकालीन सञ्चार पर्दछन् ।
प्रतिक्रिया 4