
२२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
कात्तिक १४ र १५ गते गर्ने भनिएको विस्तारिक बैठकको खाका, सहभागिताको कार्यविधि र एजेण्डाहरूबारे पनि छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।
उनकाअनुसार बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पनि छलफल भएको छ ।
नेपालभर गत हप्ता भएको विपद्जन्य क्षतिको उद्धार र सहयोगमा पार्टीले गरेको सहयोगबारे पनि छलफल भएको उनले बताए ।
सद्भाव यात्राबारे पनि छलफल भएको बताउँदै उनले शुक्रवार ११ बजेदेखि सचिवालय बैठक बस्ने जानकारी दिए ।
जेनजी आन्दोलनबारे धारणा राख्ने नेपालमा भएका राजनीतिक दलहरूमध्ये रास्वपा पहिलो दल भएको दाबी गरे ।
जेनजी आन्दोलनमा भएको दमनबारे उच्चस्तरीय न्यायिक छानबिन समिति बनाएर छानबिन हुनुपर्ने र कानूनअनुसार सजाय तोकिनुपर्ने प्रवक्ता झाले बताए ।
प्रतिक्रिया 4