
News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिमी वायुको प्रभाव बढेसँगै मनसुनी वायु कमजोर हुँदै गएको छ र सम्भवतः एक–दुई दिनमै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना छ।
- जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पश्चिमी भागमा धेरै र गण्डकीका केही स्थानमा पश्चिमी वायुको प्रभाव छ।
- आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भागमा आंशिक बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
२३ असोज, काठमाडौं। पश्चिमी वायुको प्रभाव बढेसँगै मनसुनी वायु (पूर्वी वायु) कमजोर हुँदै गएको छ । सम्भवतः एक–दुई दिनमै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव छ । यो क्रमशः पूर्वतर्फ सरिरहेको छ र जाडो महसुस पनि भइरहेको छ ।
पश्चिमी वायुको प्रभावले गण्डकी र कर्णालीमा मध्यम खालको वर्षासमेत भएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ । देशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिए।
विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रतिक्रिया 4