
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएको अवस्थामा सञ्जिव दाहाललाई माइतीघरमा प्रदर्शन गर्न खोज्दा पक्राउ गरिएको छ।
- प्रहरीका अनुसार माइतीघरमा करिब २८ दिनदेखि सरिश्मा थापाको समूहले धर्ना बसेको छ।
- पक्राउ परेका व्यक्तिले उक्त समूहलाई उक्साउने जोखिम रहेको प्रहरीले जनाएको छ।
२३ असोज, काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सञ्जिव दाहाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनी प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको एसपी भट्टराईले बताए ।
करिब २८ दिनदेखि माइतीमा सरिश्मा थापाको समूह धर्ना बसिरहेकोले उक्त समूहलाई उक्साउने किसिमको जोखिम पनि रहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4