
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार १४ उद्योग तथा फर्म अनुगमन गरेको छ।
- अनुगमन क्रममा विभागले चार फर्मलाई कुल ५० हजार रुपैयाँ जरिबाना तिराएको छ।
- काठमाडौं महानगरपालिका–२२ को आरएचएस इन्टरनेसनल प्रालि र वडा नम्बर २४ को विनायक इम्पोरियमलाई २०–२० हजार रुपैयाँ जरिबाना तिराइएको छ।
३ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार १४ उद्योग तथा फर्म अनुगमन गरेको छ । विभागको अनुगमन टोलीले बिहीबार अनुगमन क्रममा ४ फर्मलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले काठमाडौं महानगरपालिका–२२ को आरएचएस इन्टरनेसनल प्रालि र वडा नम्बर २४ को विनायक इम्पोरियमलाई समान २०–२० हजार रुपैयाँ जरिबाना तिराएको छ । यस्तै काठमाडौं महानगरपालिका–२९ को कोठननी इन्टरप्राइजेज र काठमाडौं–२२ को शारदा ट्रेड कन्सर्नलाई समान ५–५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।
यस्तै विभागले १० वटा फर्मलाई सामान्य निर्देशन मात्रै दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4