
२३ असोज, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा आज दीप प्रज्वलन गरिएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि बिहीबार मृतकहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।
मृतकका आफन्त र युवाहरूले बिहीबार साँझ दीप प्रज्वलन गरेका हुन् ।
उक्त प्रदर्शनमा ज्यान गुमाएकाहरूलाई सरकारले यसअघि नै शहीद घोषणा गरिसकेको छ ।
जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु भएको थियो भने जम्मा ७६ जनाले ज्यान गुमाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4