+
+
Shares

गाँजा खाएका निकोलसलाई दाजु सागरले ‘सुधार गृह लान्छु’ भन्दै लिएका थिए जिम्मा

नेपाल प्रहरी अस्पतालमा भुसालका ७ प्रकारका मेडिकल जाँच गर्दा गाँजामा पाइने तत्व Tetrahydrocannabinol (THC) परीक्षण पोजेटिभ देखिएको थियो । जसका आधारमा प्रहरीले सुधार गृह पठाउन दाजु सागरको जिम्मा लगाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १६:३२

२४ असोज, काठमाडौं । बिहीबार माइतीघरबाट पक्राउ परेका निकोलस भुसाल भनिने कमल भुसाललाई सुधार गृह लैजाने भन्दै उनका सहोदर दाजु सागर भुसालले जिम्मा लिएको खुलेको छ ।

२३ असोज (बिहीबार) मा माइतीघरमा प्रदर्शन गर्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति बेगर माइतीघरमा प्रदर्शन गर्ने भन्दै उनीसहितका व्यक्तिहरू बिहीबार उत्रिएका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ लगत्तै जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएका उनीहरूको प्रहरीले मेडिकल जाँच गराएको थियो । तीमध्ये निकोलसले गाँजा खाएको जस्तो हाउभाउ देखाएको र बोलेको पाइएपछि प्रहरीले उनको स्वास्थ्य जाँच गरेको थियो ।

उनको ल्याब परीक्षणको स्याम्पल नम्बर ८२०६ एल ५६२९ हो । उनको दिउँसो साढे ४ बजे पिसाब संकलन गरी ७ प्रकारका परीक्षण गरिएको थियो ।

जसमध्ये Tetrahydrocannabinol (THC) परीक्षण पोजेटिभ देखिएको थियो । यो गाँजामा पाइने मुख्य कम्पाउन्ड हो । यसबाट गाँजा खाए/नखाएको मेडिकल रिपोर्टमा थाहा हुन्छ । अन्य मोर्फिन, कोकिन, एम फेटामाइन, मेथाडोन लगायतको रिपोर्ट भने नेगेटिभ देखिन्छ ।

सो क्रममा उनले गाँजा खाएको मेडिकल जाँचबाट पुष्टि भयो । गाँजा सेवन गर्ने व्यक्तिलाई सुधार गृहमा राख्ने सहमतिमा मात्रै परिवार तथा आफन्तको जिम्मा लगाउने चलन छ । सोही अनुसार उनलाई आफन्तको जिम्मा लगाइएको परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए ।

आफन्तको जिम्मा लगाउनुअघि निकोलसलाई सुधार केन्द्र नै लाने सहमति भएको थियो । उनका दाइ सागर (९८४९१५….) ले निकोलसलाई जिम्मा लिएका थिए ।

गाँजा सेवन गरेको पुष्टि भएपछि सहोदर दाजु सागरले ‘सुधार केन्द्र लैजाने गरी बुझी लिएँ’ भन्ने उल्लेख गरेर हस्ताक्षर गरेका छन् ।

प्रहरी परिसरबाट हस्ताक्षरसहित सहमति गरेर बाहिरिएका निकोलस सुधार गृह भने गएनन् । बरु, बाहिर निस्कनासाथ केही पत्रकारसँग स्पष्टीकरण दिन थाले भने केहीबेरमा आफ्नै फेसबुक पेजबाट लाइभ गरे ।

उनले आफूविरुद्ध यसअघि पनि षडयन्त्र हुने गरेको र अहिले पनि त्यही भएको दाबी गरेका छन् ।

तर, अनलाइनखबरले पाएको उनको मेडिकल रिपोर्ट र प्रहरीले जिम्मा लगाउन गराएको कागज अनुसार, उनलाई सुधार गृह नै पठाइएको पुष्टि हुन्छ ।

उनले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध पनि अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?