
२५ असोज, काठमाडौं । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शनिबार बिहान भएको सानो विमान दुर्घटनामा विमानभित्र सवार तीन जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएकाअनुसार, उक्त विमान सिड्नीबाट करिब ८५ किलोमिटर दक्षिण तर्फ रहेको सेलहार्बर विमानस्थलमा बिहान करिब १० बजे (स्थानीय समयअनुसार) मा उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो ।
‘विमान भुइँमा ठोक्किएपछि आगलागी भएको थियो, जसलाई फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्सका टोलीले नियन्त्रणमा ल्याए,’ प्रहरी वक्तव्यमा भनिएको छ, ‘तीन जना यात्रुहरूको मृत्यु पुष्टि गरिएको छ ।’
अष्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन (एबीसी) ले प्रसारण गरेको दृश्यमा रनवेमा ध्वस्त भएको विमानको जलेको अवशेष देखाइएको छ ।
प्रहरीका अनुसार, दुर्घटनास्थललाई अपराधस्थलको रूपमा तोकिएको छ र अष्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्यूरो (एटीएसबी) लाई यसबारे जानकारी दिइएको छ ।
प्रतिक्रिया 4